कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शिक्षा निःशुल्क हुन सक्दैन : सिलवाल

काठमाडौँ — स्वदेश र विदेश कतै पनि शिक्षा निःशुल्क हुन नसक्ने हिसानका अध्यक्ष रमेश सिलवालले बताएका छन् । निजी क्षेत्रका स्कुलहरूले महँगो शुल्क लिइरहेको आरोप लागिरहेका बेला उनले शिक्षा कुनै पनि हिसाबले निःशुल्क हुन नसक्नेमा जोड दिएका हुन् ।

शिक्षा निःशुल्क हुन सक्दैन : सिलवाल

कान्तिपुर एजुकेसन समिट २०२२ को दोस्रो सत्र 'निजी शिक्षाको नाफा घाटा' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

निजी स्कुलमा अभिभावकले र सरकारीमा सरकारले शुल्क तिर्ने भएकाले कुनै पनि स्थानमा शिक्षालाई निःशुल्क गर्न नसकिने उनले बताए । 'शुल्क कसले तिर्ने भन्ने मात्र हो,’ उनले भने, 'जसलाई शुल्क तिर्नुपर्दैन उसले निःशुल्क ठान्छ । तर, त्यो शुल्क कसैले त तिरेकै हुन्छ ।’ शिक्षामा क्रमिक रुपमा लगानी गर्नु नै पर्ने भएकाले निःशुल्क गर्दा लागत पनि धान्न नसक्ने उनले बताए ।

नेपालको सन्दर्भमा सरकारले शिक्षामा लगानी गर्न नसकेकाले निजी क्षेत्र अघि आएको उनले दाबी गरे । निजी शिक्षाले प्रतिस्पर्धामा विश्वास गर्ने भएकाले गुणस्तरमा अभिवृद्धि भइरहेको उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?