कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयहरू सरकारले चलाउने होइन, स्वायत्त बनाइनुपर्छ : शिक्षाविद् शर्मा

काठमाडौँ — शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माले शैक्षिक संस्था र विश्वविद्यालयहरुलाई सरकारी हस्तक्षेपमुक्त बनाइनुपर्ने बताएका छन् ।

विश्वविद्यालयहरू सरकारले चलाउने होइन, स्वायत्त बनाइनुपर्छ : शिक्षाविद् शर्मा

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट-२०२२ मा बोल्दै शर्माले शैक्षिक क्षेत्रमा सरकारले सुझाव दिनु ठीक रहे पनि अनावश्यक हस्तक्षेपका कारण गुणस्तर बढन नसेको बताएका हुन् ।

‘सरकारले विश्वविद्यालय चलाउने होइन । त्यसलाई स्वायत्त बनाउनु पर्छ । सरकारले सुझाव दिनसक्छ । तर हस्तक्षेप गर्ने होइन,’शिक्षाविद शर्माले भने, ‘विश्वविद्यालय पनि मुनाफामुखी हुने होइन । यसो हुन सके राम्रो र गुणस्तरीय शिक्षा सम्भव छ । यो मेरो अनुभवका आधारमा भनेको हुँ । हामीले गर्न सक्छौं । यो हुन्छ भन्ने चाहना हुनपर्छ ।’

त्यस्तै, शिक्षासम्बन्धी नीतिहरु बनाउँदा सरकारले विज्ञलगायत सम्बन्धित पक्षसँग आवश्यक छलफल, परामर्श र सुझाव लिइनुपर्ने उनको भनाइ छ । ‘नीति बनाउँदा विज्ञहरुसमेत राखेर बनाइनुपर्छ । सरकार आफूले एक्लै मात्रै बनाउने होइन, उनले भने, ‘हामीले गरेको उपलब्धि रामो छ । भएका व्यवस्था रामा छन । तर, सीप विकासलक्षित शिक्षा दिनका लागि हामीले सबै मिलेर नै राष्ट्रिय नीति बनाउने हो ।’

आफूले विद्यालय र विश्वविद्यालय तहमा पनि सरकारी शिक्षण संस्थामा अध्ययन गरेको स्मरण गर्दै शिक्षाविद् शर्माले सरकारी संस्थाहरु पनि गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने विश्वास दिलाउन सक्नु महत्त्वपूर्ण विषय भएको बताए ।

प्रकाशित : चैत्र ७, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?