कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मान्छे-मान्छेका बीचमा हुने विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

मान्छे-मान्छेका बीचमा हुने विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौंमा आइतबार आयोजित स्वर्णीम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बीचमा असमानता र विभेद हुनु नहुने बताएका हुन् । समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरु भए पनि जनअपेक्षाअनुसार परिवर्तन हुन नसकेको बताए । ‘सबै मान्छेहरु समान हुनुपर्छ । मान्छे मान्छे बीचमा विभेद हुनुहुँदैन । असमानता हुनुहुँदैन,' उनले भने, 'कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरुले पढ्न नपाउने, कोही व्यक्तिले चाहिँ लाखौँ करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नु पर्ने यो कस्तो असमानता ? यो खालको विभेद, यो खालको असमानता किन छ समाजमा ? त्यसकारण हामीले भन्ने गरेका छौं समानता हुनुपर्दछ । विभेदको अन्त्य हुनुपर्दछ ।'

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन, देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए । सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : चैत्र ६, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?