कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावना छ : प्रवक्ता महत

नेपालगन्ज — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताएका छन् ।

स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावना छ : प्रवक्ता महत

प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले विनविन पोजिसनमा गठबन्धन हुन सक्ने बताएका हुन् । 'गठबन्धनको संभावनालाई नकार्न सकिँदैन,' प्रवक्ता महतले भने, 'यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।'

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए । उनले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।

कांग्रेसले आरम्भ गरेको 'घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं' भन्ने राष्ट्रिय अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

प्रकाशित : चैत्र ५, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?