कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेकपा (एस)द्वारा निर्वाचन लक्षित अभियान सुरु

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने भएको छ । सो दलको सचिवालय बैठकले जन परिचालनको निर्णय गरेको हो ।

नेकपा (एस)द्वारा निर्वाचन लक्षित अभियान सुरु

यस्तै बैठकले सबै प्रदेशको कामको अनुगमन, मूल्यांकन तथा वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाउने निर्णय गरेको छ ।

यसका लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उप महासचिव जगन्नाथ खतिवडा, वाग्मतीमा उप महसचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उप महासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल, सुदूर पश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई खटाइएको छ ।

प्रकाशित : चैत्र ४, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×