कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५७

श्रम सम्झौताअनुसार श्रमिक भर्ना गर्न यूएई तयार

काठमाडौँ — संयुक्त अरब इमिरेट्स(युएई)ले श्रम सम्झौताअनुसार नै नेपालबाट श्रमिक भर्ना गर्ने प्रतिबद्धता जनाएको छ । युएईका कम्पनीहरूले भिजिट भिसामार्फत नेपाली श्रमिक लगेर रोजगार दिने थालेपछि नेपाल यूएईको श्रम सम्झौता धरापमा परेको थियो । 

श्रम सम्झौताअनुसार श्रमिक भर्ना गर्न यूएई तयार

आबुधाबीमा मंगलबार सम्पन्न नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईले श्रम सम्झौताले निर्धारण गरेको प्रक्रियाबमोजिम नै श्रमिक भर्ना गर्न सहमत भएको हो । बैठकले ३ देखि ५ वटा क्षेत्रमा पूर्ण रुपमा शून्य लागत (निःशुल्क)मा श्रमिक भर्ना प्रक्रियालाई पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउनसमेत सहमत भएको छ । यो क्षेत्रको विषयमा भने टुंगो भइसकेको छैन ।

संयुक्त समितिको नेपालतर्फका सदस्य सचिवसमेत रहेका श्रम मन्त्रालयका प्रवक्ता थानेश्वर भुसालका अनुसार भिजिट भिसामार्फत श्रमिकको ओसारपसार गर्नेलाई दुवै देशको कानुनबमोजिम कारबाही गर्न सहमत भएको छ ।

बैठकमा नेपालले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने यूएईले प्रतिबद्धता जनाएको छ । बैठकमा घरेलु श्रमिक लैजानका लागि तयार गरिएको प्रोटोकलमाथि समेत छलफल गरेको थियो । नेपालले २०७२ चैत २० गतेअघि श्रम स्वीकृति लिई युएई गएका र श्रमस्वीकृति नलिई गएका घरेलु श्रमिक पुनः जान चाहेमा पुनः श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिएको छ । यसलाई यूएईले सकारात्मक रुपमा लिएको छ ।

बैठकमा नेपालको तर्फबाट श्रम सहसचिव राजीव पोखरेललको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, श्रम काउन्सेलर निर्मला थापा सहभागी थिए भने युएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह थिए ।

त्यसअघि नेपाली श्रमिकको सुरक्षा र हितबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अब्दुलरहमान अव्दुलमानन अल अवारबीच छलफल भएको थियो । मन्त्री श्रेष्ठले नेपालमा श्रमिकहरूका लागि अस्पताल बनाउन गइरहेको हुँदा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?