१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग गरेको छ । समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी दिन आह्वान गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग

समितिका सभापति लक्ष्मणलाल कर्णले बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका श्रेष्ठविरुद्व मंगलबारदेखि १० दिनसम्म उजुरी दर्ता गर्ने गरी आह्वान गर्ने निर्णय गरेको जानकारी दिए । न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

‘हाम्रो पहिलो बैठक हो । यो बैठकले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको हदम्याद दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ, अब भोलि (मंगलबार)देखि १० दिनसम्म उजुरी लिन्छौँ, त्यसपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?