कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सुरू

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको आइतबार बैठक सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्न थालेका छन् ।

एमालेको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सुरू

एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले एमाले सांसद् भीम रावललाई ५ मिनेटसम्म बोल्‍ने समय दिएका छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग सम्बन्धीको प्रस्तावमाथि छलफल हुने छ । दैनिक कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले 'सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८' पेस गर्ने कार्यसूची छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?