१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता

फिर्ता ल्याउन सहयोग गरेकोमा मोदी र भारत सरकारलाई देउवाको धन्यवाद
कान्तिपुर संवाददाता

काठमाडौँ — युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फिर्ता भइसकेका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् ।

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता

युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ । सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । शनिबार प्रधानमन्त्री देउवाले ट्विट गर्दै मोदी र उनको सरकारलाई धन्यवाद दिएका हुन् ।

देउवाका अनुसार ती नेपाली नागरिकहरू भारत हुँदै काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले लेखेका छन्, 'युक्रेनबाट भारत हुँदै चार जना नेपाली नागरिकहरू भर्खरै नेपाल आइपुगेका छन् । नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने काममा सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ।'

युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका भारतीय विद्यार्धीसहित सयौं नागरिकहरूलाई भारत सरकारले अपरेशन गंगा कार्यक्रममार्फत् स्वदेश फिर्ता गरेको छ । सोही क्रममा चार जना नेपाली नागरिकलाई पनि भारत सरकारले नेपाल फिर्ता गर्न सहयोग गरेको हो । युक्रेनमा जारी युद्धको क्रममा भारतीय विद्यार्थीको मृत्यु समेत भएको थियो।

प्रकाशित : फाल्गुन २८, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?