जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/cabi-1032022050920-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । त्यसपछि अस्पताल निर्माण प्रक्रिया अगाडि जाने उनले बताए ।
यस्तै ५० वर्षभन्दा माथिका सबै नेपाली नागरिकको वर्षमा एक पटक नि:शुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ । यो निर्णय १५ दिन पछाडिदेखि नै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री खतिवडाले जनाए ।
बिहीबार मिर्गौला दिवसको सन्दर्भ परेकोले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरुले अंगदान गर्ने घोषणासमेत गरेका छन् ।
प्रकाशित : फाल्गुन २६, २०७८ २१:४१