थप २२४ कोरोना संक्रमित, २५१ जना निको- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप २२४ कोरोना संक्रमित, २५१ जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा २४ घण्टामा १० हजार ९२ परीक्षण हुँदा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशभर ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा पोजिटिभ देखिएको हो ।  

२४ घण्टामा २५१ जना निको भएका छन् । सोही अवधिमा ९६ हजार ८९ जनाले खोप लगाएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ ।

मन्त्रालयकी प्रवक्ता डा‌‌ संगीता मिश्राले कोभिड १९ को संक्रमण दर कम हुँदै गए पनि यसविरुद्धको खोप लगाउन धेरै नागरिक बाँकी रहेकाले कुनै पनि बेला संक्रमण बढ्न जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिन् ।

प्रकाशित : फाल्गुन २५, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन् ।

अध्यक्ष नेपालले अब पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्ति नै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।'

त्यस्तै आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको उल्लेख गर्दै उनले भने, 'हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो । ठीक मूल्यांकन गर्नु पर्‍यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्‍यो ।'

त्यस्तै एमाले नेताहरूलाई अझै पनि शक्तिशाली छौँ भन्ने भ्रम रहेको पनि उनले बताए । उनले भने, 'कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रस्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ । यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं । राष्ट्रिय सभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षड्यन्त्र भएको थियो । ती भयंकर षड्यन्त्रहरुलाई हामीले विफल पार्‍यौं ।’

प्रकाशित : फाल्गुन २५, २०७८ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×