कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमा पहिचान नगरे जलविन्दुले दृष्टि नै गुम्न सक्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — जलविन्दु समयमा पहिचान नगरे दृष्टि नै गुम्न सक्ने खतरा हुने चिकित्सकले बताएका छन् । नेपालमा सन् २०११ मा गरिएको एक सर्भेका अनुसार कुल अन्धोपनमध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ । विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ ।९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।१ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् । 

समयमा पहिचान नगरे जलविन्दुले दृष्टि नै गुम्न सक्ने 

तिलगंगा आँखा प्रतिष्ठानकी जलविन्दुु युुनिटका प्रमुुख तथा जलविन्दुु विशेषज्ञ डा. इन्दिरा पौडेलका अनुसार यो रोग वंशाणुगत, ४० वर्ष उमेरभन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेकालाई बढी सम्भावना हुन्छ ।

डा पौडेल भन्छिन्–‘ आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पारी दृष्टि क्षमतालाई उपचारै नलाग्ने गरी दृष्टिविहीन बनाउने रोगलाई जलविन्दु भनिन्छ । विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगहरु मध्ये यो दोस्रोमा पर्दछ ।’ उनले धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर भएकालाई यो रोगलाई ‘साइलेन्ट थिफ अफ साइट’ पनि भनिने र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म जसलाई पनि यो रोग लाग्न सक्ने बताउँछिन् ।

अन्तर्राष्ट्रियरुपमा १२ मार्च लाई विश्व जलविन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोस्रो सातालाई जलविन्दु सप्ताहको रुपमा मनाइन्छ । समयमै यसको पहिचान भई उपचार गर्न सकेमा रोकथाम गर्न सकिने र ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहकालेसमयमै जाँच तथा परीक्षण गर्नुपर्ने डा पौडेलको भनाइ छ ।

तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत नेपाल जलविन्दु आँखा क्लिनिकले जलविन्दु रोगसम्बन्धी चेतना जगाउने साथै जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले यही फागुन २२ देखि २८ गतेसम्म २० औं जलविन्दु सचेतना सप्ताह २०७८ सञ्चालन गरिरहेको छ ।

सप्ताहमा मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुरानो गरेर बिरामीको जाँच तथा उपचार प्रदान गरिने र जलविन्दुसम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७८ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?