कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

एमसीसी पारित नगरेको भए गठबन्धन तोडिन्थ्यो, हामीलाई हटाइन्थ्यो : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसी व्याख्यात्मक घोषणासहित पारित नगरेको भए आफूसहित १४ सांसदलाई कारबाही गर्ने योजना रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

एमसीसी पारित नगरेको भए गठबन्धन तोडिन्थ्यो, हामीलाई हटाइन्थ्यो : नेपाल

उनले केन्द्रीय समितिमा बुधबार पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद्बाट व्याख्यात्मक घोषणासहित पारित नगरेको भए जस्ताको तस्तै पारित गर्ने तयारी थियो भन्ने उल्लेख गरेका छन् ।

एमसीसीमा व्याख्यात्मक घोषणाको विकल्पमा नगएको भए नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर जस्ताको तस्तै पारित गर्ने र एकीकृत समाजवादीका १४ सांसद, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने योजना रहेको नेपालको प्रतिवेदनमा उल्लेख छ ।

'यदि हामीले यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौध जना सांसदलाई कारबाही गर्ने गरी कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्ने थिए,' उनले लेखेका छन्, 'त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका चौध जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्ने सम्मका कार्य हुनसक्थे ।'

फागुन १५ गते व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्नुलाई वैकल्पिक बाटो लिनुका रूपमा उनले अर्थ्याएका छन् । 'हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं,' उनले लेखेका छन् ।

पार्टीले एमसीसी सम्झौताका ११ बुँदा आपत्तिजनक रहेको र त्यसलाई व्याख्यात्मक घोषणाले सम्बोधन गरेको नेपालको प्रतिवेदनमा उल्लेख छ । नेपालले एमसीसी सम्झौताको सुरुआती चरणमा संसद्बाट पारित गर्ने कुरा उल्लेख नभएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्बाट पारित गर्नुपपर्ने व्यवस्था राखेको लेखेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?