१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

महिलामाथि कुनै पनि हिंसा नगर्ने संस्कृतिको विकास गर्न एकजुट बनौँ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि कुनै पनि हिंसा नगर्ने संस्कृतिको विकास गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले सरकारले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न वितगदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको भन्दै त्यसमा ऐक्यबद्धता जनाउन आग्रह गरे ।

महिलामाथि कुनै पनि हिंसा नगर्ने संस्कृतिको विकास गर्न एकजुट बनौँ : प्रधानमन्त्री देउवा

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको मूल कानुनले नै महिलाको सम्पूर्ण अधिकारको सुनिश्चित गरेको बताए ।

‘हाम्रो मूल कानुनले नै महिलाको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्थाहरू गरेको छ, महिलाको हकमात्रै होइन, धेरै वटा अधिकारहरूलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ,’ उनले भने, ‘सरकारले त्यसको कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, त्यस्ता कार्यक्रमहरूले अझै प्रभावकारी निरन्तरता दिनुपर्नेछ ।’

प्रधानमन्त्री देउवाले महिला शशक्तीकरण सबैको साझा सरोकारको विषय भएको बताए । ‘तीन वटै तहका सरकारले महिला शशक्तीकरण र महिलाको अधिकार सुनिश्चितताका लागि आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक भूमिका आवश्यक छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २४, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?