२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

स्थानीय तहको चुनावमा एकीकृत समाजवादीले ठूलो सफलता हात पार्छ : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन् । 

स्थानीय तहको चुनावमा एकीकृत समाजवादीले ठूलो सफलता हात पार्छ : नेपाल

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन्। पार्टीले आगामी चुनावमा केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रविन्दुमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको विस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । र जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’

प्रकाशित : फाल्गुन २३, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?