कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

रासस

काठमाडौँ — कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्णरूपमा हटाइएको जानकारी गराएको छ । 

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

ती प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्‌बाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणको कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?