कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एमालेको टिप्पणीप्रति सभामुख सचिवालयको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा नाम जोडेर भ्रम सृजना गर्ने अफवाह फैलाउन खोजेको भन्दै नेकपा एमालेले गरेको टिप्पणीप्रति सभामुख सचिवालयले आपत्ति जनाएको छ ।

एमालेको टिप्पणीप्रति सभामुख सचिवालयको आपत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको विज्ञप्तिमा सभामुख सापकोटाको भूमिकाको विषयलाई लिएर प्रश्न उठाएका थिए ।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’

एमाले म‌ंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख सापकोटाले एमसीसी टेबल गर्नुपरेमा आत्महत्या गर्छु भनेको विवरण छ ।

‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

सभामुखको सचिवालयले ‘आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न अमर्यादित तथा अशोभनिय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध’ गरेको छ ।

एमालेका विज्ञप्तिमा भने संसद्मा सदस्यहरुको अवरोधलाई अनदेखा गरिएको, सभामुखले बलमिच्याइँ गरेको आरोप लगाइएको छ ।

‘सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो’ एमालेको विज्ञप्तिमा भनिएको छ,’षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै भदौको तेस्रो सातादेखि संसदमा नारावाजी गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?