कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आगामी संसद् बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल हुन्छ : मन्त्री बडू

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रतिनिधिसभाको आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगबारे छलफल हुने बताएका छन् । बुधबार संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बडूले जबरामाथिको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिने बताएका हुन् ।

आगामी संसद् बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल हुन्छ : मन्त्री बडू

बडूले भने, 'प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिन्छ । हाम्रो नियमावलीको व्यवस्था छ, प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै पनि बैठकमा राख्ने । सबैसँग सल्लाह गरेर ११ जनाको महाअभियोग सिफारिस समिति बन्छ । त्यसपछि प्रक्रिया अगाडि जान्छ । प्रतिनिधि सभाको आउने बैठकमा अगाडि बढ्छ । यसबारे सल्लाह भइरहेको छ ।'

महाअभियोग सिफारिस समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले अहिले समय लिइरहेको पनि मन्त्री बडूले बताए । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बोलाइएको छ ।

सत्तारुढ गबठन्धनले फागनु १ गते प्रधानन्यायाधीश जबराविरुद्व महाअभियोग दर्ता गराएका थियो । गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर महाअभियोग दर्ता गराएका हुन् ।

प्रकाशित : फाल्गुन १८, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×