सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्त्व दिन्छौँ : एमाले (पूर्णपाठसहित)- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्त्व दिन्छौँ : एमाले (पूर्णपाठसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसी सम्झौता अनुमोदन भएकोबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी एमालेले आफ्नो धारणा व्यक्त गरेको हो । 

अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाको आइतबारको बैठकबाट अनुमोदन भइसकेको छ ।

एमसीसी अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको एमालेले बताएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’

त्यस्तै एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे एमालेको धारणाको पूर्ण पाठ

प्रकाशित : फाल्गुन १७, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

संरक्षणको पर्खाइमा पुराना घर

समयान्तरसँगै परम्परागतलाई मासेर आधुनिक घर बनाउनेको होडबाजी चलेको छ
प्रतीक्षा काफ्ले

कास्की — रातो माटोले लिपिएका भित्ता । ढुंगा, माटो र इँटाले चिटिक्क पारिएका परम्परागत घरमा ढुंगाकै पाली र छानो । पर्यटकीय सहर पोखरामा तत्कालीन समयमा भैरवटोल, रामकृष्णटोल, गणेशटोल, मोहरिया टोल, र बगालेटोललाई पोखराको केन्द्र मानिन्थ्यो ।


पर्यटकका लागिसमेत आकर्षणका केन्द्र थिए यी ठाउँ । मौलिक वास्तुकलासहितका संरचना पछिल्लोसमय भने मासिँदै गएका छन् । समयसँगै परम्परागत घरलाई मासेर आधुनिक घर बनाउनेको होडबाजी चलेको छ । पोखरा–४ मा अहिले पनि फाट्टफुट्ट मौलिक घर देख्न पाइन्छ । आधुनिकताको विकाससँगै मौलिकता हराउँदै गएको स्थानीय मञ्जिल श्रेष्ठ बताउँछन् । सिमेन्टका घरमा रमाउने बानी परेपछि मौलिकता मासिँदै गएको उनको तर्क छ । भन्छन्, ‘यहाँका घरमा ढुंगामाटो र इँटा प्रयोग भएका छन् । आधुनिकताले कतिपय संरचना नासिँदै गए भने भइरहेकामा पनि संरक्षण गर्नतर्फ कसैको ध्यान पुगेन ।’ परम्परागत घरको महत्त्व बुझ्ने बेलासम्म यस्ता घर हराइसक्नेमा चिन्ता व्यक्त गरे । उनका अनुसार पुराना संरचनाको संरक्षणमा सरकार मौन बस्दा समुदायको ध्यान नपुगेको हो ।

तत्कालीन बाइसे चौबिसे राजा सिद्धिनरसिंह शाहले २८० वर्ष पहिले पोखराका २६ कुरिया नेवार बोलाए । भीमसेनटोलमा बस्ती बसाले । त्यहींबाट उनीहरूको संगठित व्यापार सुरु भयो । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे भन्छन्, ‘नेवारको घर बार्दली निक्लिएको तीनतले हुन्छ ।’ अहिले रामकृष्णटोलमा रामकृष्ण मन्दिरको पूर्वपट्टि पुरानो शैलीको घर छ । भैरवटोलका निर्मल बिजुक्छेको घरलाई समेत उदाहरणका रुपमा लिन सकिने उनले बताए । उनका अनुसार २०३२ सालको नगर विकास समितिको योजनाअनुसार तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाविद् पदमबहादुर थापाले पुरानो घरलाई संरक्षण गरेर राख्ने विषयको उठान गरे ।

लिखित दस्ताबेज बन्यो, तर कार्यन्वयन हुन सकेन । गणेशटोल, रामकृष्णटोल, भैरवटोलका पुराना घरलाई संरक्षण गर्ने भनिए पनि कुनै सुविधा नदिएको पालिखे बताउँछन् । २०५४ देखि २०५८ सम्म पालिखे दुईपटक नगरविकास समितिको अध्यक्ष हुँदा पुराना घर संरक्षणको प्रयास थाले । तर आर्थिक स्रोत अभाव भयो । महानगरले सम्पत्ति कर नलाग्ने, घर मर्मत गर्दा सहयोग गर्ने, नयाँ घर निर्माण गरे पनि पुरानो तरिकाले बनाउनुपर्ने नीति लागू गर्‍यो । तर, त्यसको कार्यान्वयन पनि फितलो रह्यो । ‘२०४६ सम्म घर जस्ताका तस्तै थिए,’ उनले भने, ‘बहुदलपछि घर मासिँदै जान थाले । बहुदल मौलिकताको अभिशाप बन्यो ।’ नालामुखदेखि सिद्धार्थ चोकसम्म ६४ वटा मौलिकता बोकेका नेपाली घर छन् । दुईवटा घर मासिने क्रममा रहेको बताउँदै उनले थपे । पोखरा पर्यटकीय राजधानी भनिरहँदा यस्ता मौलिक घरको संरक्षण नहुनु दुःखद रहेको उनको भनाइ छ ।

अहिले बगालेटोल, रामकृष्णटोलका पुराना घर भत्काउँदै नयाँ घर बनाउने परिपाटी बढ्दो छ । पौराणिक नेवारी शैलीको घर बनाएर राख्दा त्यो ठाउँ पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सक्छ । ‘उदाहरणका रूपमा हामीले भक्तपुरलाई लिन सक्छौं,’ उनले दोहोर्‍याए, ‘भक्तपुर नगरपालिकाले पुराना घरलाई मर्मत गर्दा करमा छुट दिने गरेको छ । अनुदान दिएको छ । त्यसैले अहिले भक्तपुरमा जेजति घरहरू बनिरहेका छन्, सबै पुरानो शैलीले बनिरहेका छन् । जसको सिको अहिले पाटनमासमेत गरिएको छ ।’

यस्तै, काठमाडौं, ललितपुर र पनौतीमा पनि पुराना घर संरक्षण भएको उनले बताए । कसैले पुरानो शैलीको घर निर्माण गर्छ भने उसलाई कर छुटको सुविधा दिएमा संरक्षण गर्न सकिने तर्क पालिखेको छ । महानगरबाट नक्सा पास गर्दा नै पुराना घर संरक्षणको मादण्ड राख्नुपर्ने उनले बताए । पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रश्वर कोइरालाका अनुसार पर्यटकीय केन्द्रकारुपमा हेर्ने हो भने नालामुख, गणेशटोल, रामकृष्णटोल, भैरवटोल क्षेत्र नै हो । ‘यसको ऐतिहासिक महत्त्व छ,’ उनले भने, ‘यसबारे थाहा नभएका कोही छैनन् तर, चासो नभएको मात्र हो । संसारमा कुनै पनि देशमा जहाँ संस्कृतिको संरक्षण हुन्छ, त्यहाँ पर्यटकीय विकास भएको पाइएको छ ।’ उनले भौतिक संरचना निर्माण गर्न सकिए पनि इतिहास निर्माण गर्न नसकिने बताए ।

विगतमा संरक्षणको प्रयास भए पनि सफल हुन नसकेको बताउँदै उनले पोखरा पनि कंक्रिटको जंगलमा परिणत भएको बताए । ‘अझै पनि ध्यान दिने र व्यवस्थित रूपमा संरक्षण गर्न सकेमा केही मात्रामा भए पनि जोगिने थिए,’ उनले थपे, ‘हामीले हाम्रै कुरालाई विकास गर्ने हो । हाम्रो पुर्खाहरूले जुन वास्तुकलाको विकास गरे त्यसमा कमि रहेका कुरालाई हटाउँदै सोही शैलीमा आधुनिकतालाई ढाल्नुपर्ने आवश्यकता छ । तर हामी त्यतातिर जान सकेनौं ।’

कोइरालाले भइरहेका घर बचाउनतर्फ आवाज उठाइरहेको बताए । ‘घरका मालिक भने बचाउन तयार छैनन्,’ उनले भने, ‘संरक्षणको लागि पनि खर्च चाहिन्छ । आर्थिक रूपमा कमजोर छन्, कसरी बचाउने ?’ पोखरामा इँटाको प्रयोग गरी काष्ठकलासहितको घर बनाउने युगको थालनी रामकृष्ण टोल र गणेशटोलबाट भएको हो । काष्ठकलाअन्तर्गत तीनवटा खाँबा भएको एकै ठाउँमा हुने झ्यालको निर्माण भएका घर पनि तिनै हुन् ।

पोखरामा स्थापत्य कला अथवा वास्तुकलाको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिने घरहरू भैरवटोल, रामकृष्णटोल, गणेश टोलमा छन् । पोखरा असाध्यै धेरै पानी पर्ने ठाउँ भएका कारण दुइपाते छानो भएका घरहरू पोखराको पकृतिसँग तादम्य मिल्ने घरहरू हुन् । त्यही प्रकारले दुइपाते घरहरू बने । अत्याधिक वर्षात हुँदा पनि घरलाई क्षति नपुगोस्, सहज ढंगले पानीको निकास होस् भन्दै प्रकृतिसँग तादम्य मिलाउन चेष्टा गरिएको बताउँछन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । ‘अहिले हामी आधुनिकतामा गयौ’ उनले भने, ‘कंक्रिट स्ट्रक्चरका ढलान घर बनाइरहेका छौं । हामीले अहिले बनाइरहेका कंक्रिट घरहरू पोखराको प्रकृतिसँग सुहाउँदो छ वा छैन कसैको चिन्ता चासो छैन ।’ आधुनिक सुविधासँगै परमपरागत शैलीका घर निर्माण गर्नुपर्ने उनी बताउँछन् । ‘अहिले व्यक्तिलाई सुविधा चाहिएको छ,’ उनले भने, ‘महानगरले पुराना घरको संरक्षण गर भन्ने र संरक्षणको लागि आर्थिक सहयोग गर्नुपर्छ । रामकृष्ण टोलबाट विन्ध्याबासिनीसम्म सम्पदा क्षेत्र घोषण हुनुपर्छ ।’ पुरातात्विक महत्त्वका भवन जोगाउन महानगर नै अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

‘यसो भएमा नयाँ पुस्तामा पनि हस्तान्तरण हुने थियो’ उनले भने, ‘अहिले अहिले अधिकांश झन्डै ८० देखि ९० प्रतिशत घरहरूमा पानीको चुहावट हुने समस्या छ । सिमेन्टको आयु ५० वर्षको हो । ५० वर्ष आयु भएका घरहरू भन्दा त ढुङ्गामाटोकै घरहरू मजबुत छन् । हामीले स्ल्याप ढलान भएका घरहरू बनाएका छौं, पानी त्यहाँ जम्मा भएको छ । शोभाका दृष्टिकोणले १० को दशक अथवा २० को दशकको फोटो हेर्ने हो भने आजको पोखरा बजार भन्दा हिजोको पोखरा बजार सुन्दर देखिन्छ ।’

संसारमा जहाँ पनि पुराना सहरहरूलाई जोगाइने र जोगाएका ठाउँहरूमा घर निर्माण भएको मिति पनि लेखिएको हुन्छ । त्यसको पुरातात्त्विक महत्त्व र वास्तुकलाको मौलिक विशेषताका कारणले पर्यटकलाई आकर्षित बनाइरहेको उदाहरण धेरै छन् । ‘अमेरिका, बम्बईमा देखिने घर पोखरामा हेर्न किन आउनुपर्‍यो ?’ उनले प्रश्न गरे, ‘पोखरालाई प्रकृतिले छुट्टै बनाएको छ भने छुट्टै ढंगको संरचनाको आवश्यकता छ ।’

पोखरा–४ का अध्यक्ष शंकर बाँस्तोलाले पुरातात्त्विक संरचना जोगाउन महानगर, प्रदेश र संघ सरकार कसैले पनि वास्ता नगरेको बताए । पोखराको पुरानो बजारलाई संरक्षण गर्ने हेतुले स्थानीय प्रवीण पालिखेको संयोजकत्वमा ९ सदस्य समिति बनाएर वडा कार्यालयले कति घर कस्ता छन र कति क्षेत्रफलमा बनेका छन् भन्ने प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन वडाले महानगर, प्रदेश र संघलाई बुझाएर पोखराको अस्तित्व जोगाउन पहल गरे पनि सम्बोधन नभएको बास्तोलाले बताए । १७७० मा बनेका पुराना घरसमेत अहिले पनि देख्न सकिने उनले बताए । उनकानुसार वडा नम्बर ४ र २ मा गरि ४० भन्दा बढी घर छन् । महानगरले स्थानीयले अवरोध गर्‍यो भन्दै तर्किने गरेको उनले बताए । सीमित बजेटले यस क्षेत्रको संरक्षण गर्न नसकिने बताउँदै उनले महानगरको आठौं नगरसभाले पुराना घरको नक्सा पासमा छुट दिएको बताए ।

प्रकाशित : फाल्गुन १७, २०७८ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×