कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

'छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं'

एमसीसी अनुमोदन गरेकोमा सरकारद्वारा सबैलाई धन्यवाद
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।

'छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं'

सोमबार मन्त्रिपरिषद्‍को बैठकले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै छिमेकी देशलाई भूभाग प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको हो ।

मन्त्रिपरिषद्‍ बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ। ‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभा सम्मानीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ,’ मन्त्रिपरिषद्‍को निर्णयमा भनिएको छ ।

आइतबार भएको प्रतिनिधिसभा बैठकले ५० करोड अमेरिकी डलर सहयोग सञ्चालन गर्ने परियोजना एमसीसी सम्झौतालाई अनुमोदन गरेको थियो । त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको छ ।’

अमेरिकासँग भएको एमसीसी सम्झौतालाई चीनले ‘पाण्डोराज बक्स’ भन्दै टिप्पणी गरेको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×