कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीमाथिको व्याख्यात्मक घोषणा 'ठगपत्र' होइन: दाहाल

'अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीको सुझावलाई मान्दै अगाडि बढेका हौँ'
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतालाई संसद्‍बाट व्याख्यात्मक घोषणासहित पारित गरे त्यसले कानुनी मान्यता पाउँछ भन्ने विज्ञहरुको सुझावपछि आफूले उक्त प्रस्तावलाई अगाडि बढाएको दाबी गरे ।

एमसीसीमाथिको व्याख्यात्मक घोषणा 'ठगपत्र' होइन: दाहाल

'व्याख्यात्मक घोषणालाई केही नेताले ठगपत्रको पनि संज्ञा दिनुभयो । तर यो त्यस्तो होइन । मैले विज्ञहरुसँग छलफल गरेर स्पष्ट भएपछि नै यसलाई अगाडि बढाउन प्रस्ताव गरेको हुँ,' उनले भने, 'हाम्रो संसद्‍ले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्नुपर्छ र उसले मान्छ भन्ने विषयमा दूतावासबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । त्यसैले पनि यसलाई अगाडि बढाउन सजिलो भएको हो ।'

उनले सबैभन्दा सुरुमा आफूले पूर्व परराष्ट्र सचिव तथा सार्कका पूर्वमहासचिव अर्जुन थापासँग यस विषयमा सल्लाह गरेको बताए । उनले थापाले नै कुनै टिप्पणीसहित संसद्‍बाट सम्झौता पारित गरे त्यसलाई कानुनी रुपमा अमेरिकाले मान्नै पार्ने जानकारी दिएको दाबी पत्रकार सम्मेलनमा गरेका थिए । त्यस विषयमा थप स्पष्ट हुन फरि वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसँग पनि आफूले सल्लाह गरेको उनले बताए ।

अधिवक्ता बन्दीले पनि त्यो सम्भव भएको बताएपछि आफूलाई सोही उपाय नै ठिक हुने लागेको बताएका थिए । अध्यक्ष दाहालका अनुसार बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले पनि चार पृष्ठ लामो गोप्य पत्र लेख्दै यही नै उपाय सुझाएका कारण आफू यसमा दृढ भएको अगाडि बढेको उनले जानकारी दिएका थिए ।

अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा प्राध्यापक सुवेदीले लेखेको पत्र नै बोकेर प्रस्तुत भए पनि त्यसमा लेखिएका विषय भने पढेर सुनाएनन् । उनका अनुसार कांग्रेसबाट पनि गगन थापालगायतका टिमले यही विषयमा काम गरिरहेकाले उनीसँगै मिलेर यसलाई मूर्त रुप दिइएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?