कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति, लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो : दाहाल

'म खुसी छु, देश दुर्घटनाबाट बच्यो'
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका बाँकी काम,  लोकतन्त्र र संविधान  नै खतारामा जाने  अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् । 

शान्ति, लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो : दाहाल

एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि दाहालले त्यसबारे सोमबार पत्रकार सम्मेलन मार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’ उनले एमसीसी पारित भएकोमा आफु खुसी भएकाे बताए । 'म खुसी छु, देश दुर्घटनाबाट बच्यो ।'

उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?