कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको औंल्याउँदै त्यसलाई टुट्न नदिन आफूहरू गम्भीरताका साथ लागि परेको बताएका छन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा छ : दाहाल

अध्यक्ष दाहालले गठबन्धन जोगाउँदै एमसीसी समस्या समाधानका लागि आफूहरूले विभिन्न उपायको खोजी गरेको पनि बताए । माओवादी युद्धका सहिद गोरखाका दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

यस क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समुदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका थिए । त्यसैले पनि फेरि अर्को जनयुद्ध लड्नुपर्ने उनको चेतावनी थियो ।

‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ भनेर नै अपिल गर्‍यौं । र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । अहिले हामी एउटा एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरि एकचोटि साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समुदायका जनताको हक, अधिकारीलाई अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं,' अध्यक्ष दाहालले भने,'

हामीले गठबन्धन बनाउँदा भनेका थियौं यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । जनताको बीचमा भनेको पनि, राजनीतिक दलहरुको बीचमा भएको सहमति पनि त्यही थियो ।'

प्रकाशित : फाल्गुन १४, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?