कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाको दोमुखामा आगलागी, दुई जना घाइते

चारवटा होटल जलेर नष्ट
अर्जुन राजवंशी

बिर्तामोड — झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा आगलागी भएको छ । आगलागीमा परेर दुई जना घाइते भएका छन् । आगलागीबाट चार वटा होटल र एउटा युवा क्लबको अफिस जलेर नष्ट भएको छ ।

राति ११ बजे दोमुखास्थित दोमुखा पर्यटकीयस्थलको सामुदायिक भवनमा आगलागी भएको थियो । विद्युत् सट भएर लागेको आगोले भवनमा रहेका चार वटा होटल र एउटा युवा क्लबको अफिस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगोले पोल्दा स्थानीय ४३ वर्षीया बालिका भण्डारी र उनकी छोरी १४ वर्षीया अस्मिता भण्डारी घाइते भएका हुन् । आमा बालिकाको हात तथा छोरी अस्मिताको अनुहार र हातमा आगोले पोलेको प्रहरीले जनाएको छ । आगो राति साढे एक बजे नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : फाल्गुन १३, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?