कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेसँगको छलफलपछि सञ्चारमन्त्री कार्कीले भने : अब संसद्‍को अवरोध हट्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को अवरोध छिट्टै हट्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संघीय संसद् भवन बानेश्वरमा छलफलपछि मन्त्री कार्कीले संसद्का सबै दलहरूको सहमतिमा संसद् अवरोध नहुने विश्वास बढेको बताएका हुन् ।

एमालेसँगको छलफलपछि सञ्चारमन्त्री कार्कीले भने : अब संसद्‍को अवरोध हट्छ

‘विपक्षी दलको नेतासँग छलफल भयो, अझै पनि छलफल निरन्तर हुन्छ, संसद् सुचारू गर्ने र अधिकतम सहमति बनाएर एमसीसीबारे संसद्मै छलफल गरेर निष्कर्षमा पुग्ने आशा गरेका छौँ,’ उनले भने । उनले समयसीमाभित्रै एमसीसीले संसद्बाट निकास पाउने बताए । ‘समयको बारेमा हामी सबै जानकार छौँ, सकेसम्म समयसीमाभित्रै निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा छलफलकालागि एमसीसी सम्झौता प्रस्ताव गर्ने कार्यसूची थियो । तर, प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षीसँग सहमतिका लागि भन्दै शुक्रबारसम्म बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि लगत्तै प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?