१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

रुसी आक्रमणपछि युक्रेनको राजधानी छाड्दै नेपाली

सामान पोको पारेर हंगेरी र स्लोभाकियाको सीमातर्फ जाने तयारीमा
किभमा रहेका किशोर थापा भन्छन् : बिहानदेखि ७ पटक ठूला विस्फोटका आवाज सुन्यौँ
जनकराज सापकोटा

काठमाडौँ — रुसले युक्रेनका विभिन्न स्थानमा एकैसाथ सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीहरु त्रसित बनेका छन् । युक्रेनको राजधानी किभमा रहेका नेपाली किशोर थापाले सयौंको संख्यामा रहेको नेपालीहरु के गर्ने र कसो गर्नेको अन्यौलमा रहेको बताए ।

रुसी आक्रमणपछि युक्रेनको राजधानी छाड्दै नेपाली

उनले बिहान साढे तीन बजेदेखि साढे पाँच बजेसम्मको अवधिमा सात पटक भयानक विस्फोटको आवाज सुनेको बताए । उनले भने, ‘विस्फोटको आवाज सुनेपछि हाम्रो निन्द्रा नै गायब भयो ।’

एक वर्षअघि विद्यार्थी भिसामा युक्रेन पुगेका थापा केही महिनायता पार्टटाइम काम गर्दै राजधानी किभमा बस्दै आएका थिए । उनले आफूहरुको सम्पर्कमा मात्रै झन्डै चार सय नेपालीहरु सम्र्पकमा रहेको र युक्रेनमा ८ सयभन्दा धेरै नेपाली रहेको हुनसक्ने अनुमान सुनाए ।

रुसले थप आक्रमण गर्ने त्रासमा स्थानीय धेरैजसो नागरि सुरक्षित स्थानतिर बसाइँ सर्ने तयारीमा रहेको बताए । उनले भने, ‘सडकमा धेरैजसो मानिसहरु अत्यावश्यक सामान पोको पारेर सपरिवार सहर छोडन हिँडिरहेको देखिन्छ । किशोरले असुरक्षाको भाव बढ्दै गएकाले ६० को संख्यामा रहेका नेपालीहरूको एक समूहले नै आज बिहानैदेखि कोठा छोडेर सुरक्षित स्थानमा जाने तयारी सुरु गरिसकेको बताए ।

किभको सडकमा खसेको मिसाइलको टुक्रा नियाल्दै युक्रेनी सैनिकहरू । तस्बिर : रोयटर्स

उनले नेपालीहरू स्लोभाकिया र हंगेरीको सिमानामा रहेको उजरोडतर्फ जान खोजेको बताए । उनले भने, ‘अहिले सबैले सामानहरु तयारी अवस्थामा राखेका छन् । सीमावर्ती क्षेत्र भएकाले त्यहाँ आक्रमणको खतरा नहोला भनेर त्यता जान खोजेका हौं ।’

तस्बिर : रोयटर्स

रुसले युक्रेनको राजधानी किभलगायतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको रोयटर्सलगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । क्षेप्यास्त्रका टुक्रा राजधानी किभका सडकमा समेत खसेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?