२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कार्यव्यवस्था समितिको बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा शुक्रबार बस्ने संसद् बैठकको कार्यसूचीका विषयमा छलफल भइरहेको छ ।

कार्यव्यवस्था समितिको बैठक जारी

गत आइतबार संसद्‌मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएकोमा आज सोहि विषयमा बैठक केन्द्रित छ ।

कार्यव्यवस्थाको बैठकपछि एमसीसीबारे कार्यसूची तय भएपछि आजको प्रतिनिधि सभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलका लागि एमसीसी सम्झौता पेस गर्ने छन् ।

प्रकाशित : फाल्गुन १२, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?