कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक 

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्रै चर्को मतभेद छ भने विपक्षी दल नेकपा एमालले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?