२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । मंगलरबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिउ नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । 

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

'मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚' गौतमले भनेका छन्, 'यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।'

एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने बताएका छन् ।

विज्ञप्तिमा गौतमले जनसाधारणले राम्रोसँग बुझ्ने गरी सम्झौताको विषयलाई बुझाउनसमेत आग्रह गरेका छन् ।

No description available.

प्रकाशित : फाल्गुन १०, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?