कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबर्जस्ती करणीको मुद्दा २१ औं पटक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ ।

जबर्जस्ती करणीको मुद्दा २१ औं पटक स्थगित

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको ‘बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दा’को सुनुवाइ हुन नसकी ३३ महिनायता विविध ‘साधारण कारण’ देखाउादै लगातार स्थगित हुादै आएको छ । मंगलबार भने प्रतिवादीका तर्फका अधिवक्ता विनोद शर्माले आफूलाई कोरोना भएको कारण देखाएर निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । तर, पुर्पक्षका लागि थुनामा रहेका आरोपितले भने मुद्दा फर्छ्यौटमा तदारुकता देखाएका छैनन् ।

२०७६ वैशाख १५ को मध्यान्हमा महेन्द्रनगर घरमा रहेका दुई नाबालिकामाथि छिमेकमा बस्ने राजकुमार साहले गरेको जघन्य व्यवहारका बारेमा पहिलोपटक सामाजिक अभियन्ता सरोज रायले आवाज उठाएका थिए ।

राजनीतिक साथ–सहयोगका बलमा अभियुक्तले उन्मुक्ति पाउने स्थिति देखिएपछि धनुषाको महेन्द्रनगरका सम्पूर्ण निजी विद्यालय बन्द गरिएको र महेन्दनगरमा चक्का जामसहित आन्दोलन सुरु भएपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो । तर, २०७६ असोज २८ यता न्यायाधीशहरू विनोद खतिवडा, कृष्णमुरारी शिवाकोटी र भीष्मराज प्रसाइले धेरैजसो पेसीमा सुनुवाइ नै नगरी पन्छाउँदै आएका छन् ।


सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १०, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?