कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा

यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पीसीआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ ।

यस्तै, अस्पतालमा स्वाब सङ्कलन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउने जस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ ।

कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजिटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?