१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भयो : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको दाबी गरेका छन् ।

अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भयो : खनाल

सरकारले आइतबार संसद्‌मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले अमेरिकाको दबाबले सिंगो मुलुक विभाजित भएको बताएका हुन् ।

उनले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो । नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसद्‌मा टेबल गर्न दिने विषयमा निर्णय नभएको बताए ।

उनले सरकारमा बस्‍ने/नबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने बताए ।

प्रकाशित : फाल्गुन ८, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?