कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

श्रीलंकाले जसरी एमसीसी फिर्ता गर्नुपर्छ : सांसद पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रीलंकाले जस्तै नेपालले पनि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता फिर्ता गर्नुपर्ने बताएकी छन् ।

श्रीलंकाले जसरी एमसीसी फिर्ता गर्नुपर्छ : सांसद पौडेल

'श्रीलंकाले जसरी फिर्ता पठाएको थियो । त्यसैगरी नेपालले यसलाई फिर्ता गर्नुपर्छ,' उनले भनिन्, 'कसैको दबाबमा यो टेबल गर्न ल्याइएको हो । त्यो नेपाली जनतालाई सह्य हुँदैन ।' उनले ५५ अर्ब रुपैयाँ देश र राष्ट्रियताभन्दा ठूलो नभएको बताएकी छिन् ।

'अहिले आगो रोडमा बलेको छ । राष्ट्रियताको सवालमा गम्भीरता देखाउन आवश्यक छ । जनता चुलोमा आगो बाल्न छाडेर सडकमा आगो बाल्न आएका छन् । देश रहे पार्टी र सरकार रहन्छ देश नरहे पार्टी र सरकार पनि रहँदैन,' उनले भनिन् ।

प्रकाशित : फाल्गुन ८, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?