कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एमसीसी पास गर्न अमेरिकाले एमालेलाई फकाउँदैछ : केसी

सन्जु पौडेल

तिलोत्तमा — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताएका छन् । उनले एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको दाबी गरे ।

एमसीसी पास गर्न अमेरिकाले एमालेलाई फकाउँदैछ : केसी

अध्यक्ष केसीले अमेरिकाले अहिले एमसीसी पास गराउने विषयमा अमेरिकाले राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताए । 'नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट आश मरेपछि अहिले अमेरिका एमालेको पछि लागेको छ,' उनले भने, 'वामपन्थीकै कारण एमसीसी पास हुने खतरा रहेको छ ।'

नेसनल मल्टीपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिको शनिबार बुटवलमा आयोजित साधारणसभामा बोल्दै केसीले अमेरिकन लगानी एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अमेरिकन जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरु बिकी सकेको जनाए । उनले नेपालको प्राकृतिक सम्पदा र जलस्रोतमाथि विदेशीको हस्तक्षेप भएकाले देश आर्थिक रुपले संकटमा परेको समेत बताए । देशको राष्ट्रिय पुँजीलाई संरक्षण गरी दलाल पुँजीलाई विस्थापित गर्नुको विकल्प नभएको उनको भनाइ छ ।


प्रकाशित : फाल्गुन ७, २०७८ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×