कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

श्रमिकका लागि छुट्टै अस्पताल बनाउने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले श्रमिकहरूका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

श्रमिकका लागि छुट्टै अस्पताल बनाउने सरकारको निर्णय

अब श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन अर्थात् २ अर्ब १४ करोड रुपैयाँ आर्थिक सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नवीकरणीय ऊर्जा अनुदान नीति २०७८, औषधि दर्ता चौथो संशोधन नियमावली ०७८ र नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मुलुकी फौजदारी संहिता ०७४ को अनुसूची १ मा हेरफेर गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ६, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×