कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

दमौलीबाट ८ जना बन्दकर्ता पक्राउ

सम्झना रसाइली

तनहुँ — एमसीसीको विरोधमा सडक तथा शैक्षिक सत्र बन्द गराउँदै हिँडेका बन्दाकर्तालाई प्रहरीले बुधबार दमौलीबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाका ८ जना नेता तथा कार्यकतालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दमौलीबाट ८ जना बन्दकर्ता पक्राउ

उनीहरुलाई प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीमा जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस् भनी विभिन्‍न ठाउँमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

यस्तै,आम हड्तालका कारण बजार क्षेत्रका साथै शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु खुल्ला रहेपनि सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ ।

बन्दका कारण पृथ्वीराजमार्गमा न्यून रुपमा सार्वजनिक यातायातका साधान सञ्चालन भएका छन् । प्रहरीले स्कर्टिङ गरी राजमार्गमा यातायात सुचारु गरेपनि भित्री तथा ग्रामीण सडकमा भने सार्वजनिक यातायातका साधान सञ्चालन हुन सकेका छैनन् ।

प्रकाशित : फाल्गुन ४, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×