२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

माओवादी केन्द्र संसदीय दलको बैठक बुधबार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ ।

माओवादी केन्द्र संसदीय दलको बैठक बुधबार

माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङ अनुसार सांसद बैठकअघि संसदीय दलको बैठक बस्ने बताए । ‘समसामयिक विषयमा छलफल हुनेछ,’ गुरुङले भने ।

बुधबारको संसद‌्‌मा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनका कांग्रेस, नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि विषयहरु छलफलमा प्रस्तुत गर्ने बताइएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?