२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

महाभियोगबारे जसपाको प्रतिक्रिया, 'हामीसँग सल्लाह नै गरिएन'

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)ले महाअभियोगको विषयमा आफूसँग गठबन्धनले कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । जसपा प्रवक्ता डम्बर खतिवडाले गठबन्धनले यस विषयमा छलफल नभएको बताए ।

महाभियोगबारे जसपाको प्रतिक्रिया, 'हामीसँग सल्लाह नै गरिएन'

‘हामीले बिहान ८ बजेतिर जानकारी प्राप्त गरेका छौं । तर यस विषयमा हामीसँग कुनै सल्लाह भएको छैन । यस विषयमा हामी जानकारी खोजिरहेका छौं’ खतिवडाले भने, ‘यसले ल्याउन सक्ने साइड इफेक्टसहितको विषयमा छलफल हुने छ । के कारणले ल्याइएको हो त्यो बुझेपछि थप प्रतिक्रिया आउँछ ।’

खतिवडाका अनुसार २ महिनाअघि कानुन व्यवसायीहरूले महाअभियोगको विषयमा छलफल गर्न आएका थिए । तर त्यसबेला आफूहरूले अदालतको विषयमा प्रवेश गर्दा नराम्रो हुने सुझाव दिएको उनले बताए । ‘त्यस समयमा अदालतको विषयमा प्रवेश गर्दा राम्रो नहुने सुझाव दिएका थियौं,’ उनले भने ।

आइतबार कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हुन्। दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका छन् ।

प्रकाशित : फाल्गुन १, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?