कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

निलम्बित प्रधान्यायाधीश जबरा सर्वोच्चबाट बाहिरिए

झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएका हुन्
कान्तिपुर संवाददाता

काठमाडौँ — महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिएका छन् । उनी झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किएका हुन् ।

निलम्बित प्रधान्यायाधीश जबरा सर्वोच्चबाट बाहिरिए

आइतबार जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

संसद् सचिवालयले जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च अदालत, राष्ट्रपति र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलगायतका निकायहरुलाई जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?