संसद् सचिवालयले पठायो राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्मलाई महाभियोग दर्ताको जानकारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् सचिवालयले पठायो राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्मलाई महाभियोग दर्ताको जानकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको २१ बुँदे महाअभियोग प्रस्ताव दर्ताबारे संसद् सचिवालयले विभिन्न ६ निकाय तथा व्यक्तिलाई जानकारी गराएको छ ।

जानकारी गराइएका ६ निकाय तथा व्यक्तिहरुमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहेका छन् ।

आइतबार दर्ता भएको अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले बोलायो संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्याधीस चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका धेरै सांसद राजधानी बाहिर छन् । गम्भीर विषयमा आएकाले यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको एमाले स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए । एमालेले आइतबार बेलुकासम्म सबै स‌ा‌ंसदहरुलाई काठमाडौं फर्किन निर्देशन दिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×