न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : कानुनमन्त्री बडू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : कानुनमन्त्री बडू

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले न्यायालयभित्रको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीशले भूमिका खेल्न नसेककाले महाअभियोग लगाउनु परेको बताएका छन् ।

संसद् सचिवालयमा आइतबर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कानुनमन्त्री बडूले चार महिनादेखि न्यायालयमा न्यायिक प्रक्रिया र संवैधानिक प्रक्रियाहरू अवरुद्ध हुँदासम्म प्रधानन्यायाधीशले समस्या समाधानका लागि अग्रसरता र चिन्ता नलिएको बताए । न्यायालयभित्रको गतिरोध अन्त्यका लागि महाअभियोग लगाइएको उनको भनाइ थियो ।

उनले भने, ‘न्याय दिने निकाय भनेकै न्यायपालिका हो । त्यहाँ समस्या आउँदा शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप हामीले जुन भूमिका खेल्न सक्थ्यौं, त्यो गर्‍यौं । त्यसका लागि हामीले अप्रत्यक्षरुपमा भूमिका खेलेकै थियौं । तर, त्यसको बेवास्ता भएपछि हामीले यो कदम उठाउनुपरेको हो । अहिलेको अवस्थाको निकास अब संवैधानिक व्यवस्थाअनुसारको निकासमात्रै हो । यो रुचिकर अवस्था होइन । '

मन्त्री बडूले सबैको भरोसाको रुपमा रहेको सर्वोच्च अदालतप्रतिको विश्वासलाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए । योसँगै गतिरोधको संवैधानिक निकास प्रारम्भ भएको भन्दै यस विषयमा संसद्‌भित्र छलफल हुने र त्यहीँबाट निकास पाउने उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

सोमबारका लागि बोलाइएको संसद् बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन २ गते सोमबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संसद्‍ सचिवालयले फागुन २ गते बोलाइएको बैठक फागुन ४ गतेका लागि सारिएको जनाएको हो ।

अब प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसद्‍का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि बसेका संसद्‍ बैठक भने प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍हरूले अवरोध गर्दैआएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद्‍ बैठक अवरोध गर्दैआएको छ ।

No description available.

प्रकाशित : फाल्गुन १, २०७८ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×