२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने

काठमाडौँ — नेपाली कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो ।

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । साथै बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ ।

यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिएका छन् ।


प्रकाशित : माघ २८, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?