कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

एमसीसीमा सस्तो लोकप्रियताका लागि राजनीति भयो : कोइराला

कांग्रेस बैठकमा एमसीसीबारे नेता कोइरालाले भने:- एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्‍मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ ।-एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन । यो विषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्नेछ ।

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बा‍ट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । उनले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट, र नभए सार्वभौम संसद्‍मा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् । 

एमसीसीमा सस्तो लोकप्रियताका लागि राजनीति भयो : कोइराला

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा धारणा राख्दै नेता कोइरालाले एमसीसीमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा नलैजाने भए यसले सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्न खडा हुने बताएका छन् । ‘यदी एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लैजान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्‍को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु,’ उनले भने ।

नेता कोइरालाले एमसीसीबारे अब एउटा अमेरिकी अनुदान परियोजनाको रुपमा मात्रै नरहेको भन्दै यसबारे निकै गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । ‘बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन, यो विषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशल र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ,’ उनले भने, ‘नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।’

उनले पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रिया बमोजिम पूर्णता दिनुपर्ने बताएका छन् । ‘भ्रातृ संस्थाको हकमा रत्तिभर ढिला नगरी विधान, लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम नेतृत्व चयनका लागि काम अगाडि बढाउनुपर्छ,’ उनले भनेका छन् । उनले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन फागुन १० गते गर्न प्रस्ताव गरेका छन् ।

नेता कोइरालाले पार्टीभित्रको एकता, सम्मान र न्यायोजित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने चुनौती रहेको बताए । ‘कांग्रेसभित्रको एकता, सबै साथीहरूको सम्मान र न्यायोचित व्यवस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा सम्बर्द्धन सम्भव छ,’ उनले भने, ‘मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ ।’

प्रकाशित : माघ २८, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?