कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाका उम्मेदवार सबै स्थानीय तहमा

काठमाडौँ — राप्रपाले आगामी वैशाख ३० गते हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाका उम्मेदवार सबै स्थानीय तहमा

त्यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँगको बैठक आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेता नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ । समितिमा भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य छन् ।

प्रकाशित : माघ २७, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?