२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८
देउवा–ओली–दाहाल भेटवार्ता

एमसीसीबारे फेरि छलफल हुन्छ, चाँडै निष्कर्षमा पुग्छौं : सञ्चारमन्त्री कार्की

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि छलफल हुने र चाँडै निष्कर्षमा पुर्‍याइने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलपछि मन्त्री कार्कीले छलफल सकारात्मक भएको बताए ।

एमसीसीबारे फेरि छलफल हुन्छ, चाँडै निष्कर्षमा पुग्छौं : सञ्चारमन्त्री कार्की

‘एमसीसीलाई चाँडै नै निष्कर्षमा पुर्‍याउँछौँ । यसबारे अहिले जुन बहस चलिरहेको छ, जुन किसिमको भ्रम र आशंकाहरू फैलिएका छन् यो चाँडै नै दुर भएर सहमतिबाटै निष्कर्षमा पुग्छ,’ उनले भने ।

उनले आइतबारको भेटवार्ताले राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अघि बढाउने अपेक्षा गरेको बताए ।

‘छलफल सकारात्मक दिशामा अघि बढेको छ । आगामी दिनमा यी नै विषयहरूमा छलफल हुने सहमतिका साथ बैठक सकिएको छ,’ उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्षका बीच धेरै विषयमा गम्भीरताका साथ छलफल भएको छ । संसदलाई प्रभावकारी बनाउने विषयमा होस् वा चाहे एमसीसीलाई संसदबाट छलफल गरेर निष्कर्षमा पुर्‍याउने विषयमा होस्, आगामी दिनमा हुने छलफलले निष्कर्षमा पुर्‍याउनेछ भन्ने मलाई लाग्छ ।’ देउवा, ओली र दाहालबीच करिब दुई घण्टा छलफल भएको थियो ।

प्रकाशित : माघ २३, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?