२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

देउवा, ओली र दाहालबीचको छलफल सकियो

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार करिब दुई घण्टा छलफल भएको हो ।

देउवा, ओली र दाहालबीचको छलफल सकियो

भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्‌बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका छन् भने एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।

प्रकाशित : माघ २३, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?