कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

सन्जु पौडेल

तिलोत्तमा — गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

साथै टावरको तार चुडिएको र रन्वेको पापी (पीएपीआइ) लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।

'समस्या आएपछि विमानस्थल बन्द गरिएको छ,' उनले भने, 'शनिबार पनि लाईट बने राति अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।'

विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट काठमाडौं जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरु समस्यामा परेका छन् ।

प्रकाशित : माघ २१, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?