कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सर्वोच्चमा माघ २८ गतेसम्म अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

रासस

काठमाडौँ — सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा मंगलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको हो । 

सर्वोच्चमा माघ २८ गतेसम्म अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरिएको थियो ।

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्नेलगायत आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।

प्रकाशित : माघ १८, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×