कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा लगाइएको ताला खुल्यो

माग पूरा हुने आश्वासनपछि आन्दोलनरत विद्यार्थीहरूले ताला खुलाए

काठमाडौँ — विद्यार्थी शूल्कको एकरुपता हुनुपर्ने लगायत माग राखेर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयमा नेविसंघका विद्यार्थी नेताहरूले शुक्रबारदेखि लगाएको ताला सहमतिपछि खुलाइएको छ ।

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा लगाइएको ताला खुल्यो

त्रिवि संकायाद्वारा संचालित कार्यक्रममा लिइने विद्यार्थी शूल्कमा एकरुपता नभएको, छात्रावृत्ति भएका विद्यार्थीबाट समेत क्याम्पसले मनलाग्दी शूल्क उठाउने गरेको, क्याम्पसहरूले भर्ना संख्याको १० प्रतिशत छात्रवृत्ति छुट्टाउनुपर्ने लगायत माग राखेर संघको शंकरदेव, नेपाल कमर्श, पब्लिक युथ क्याम्पस इकार्यका विद्यार्थीहरूले डिन कार्यालयमा ताला लगाई आन्दोलनमा उत्रिएका थिए ।

शनिबार डिन कार्यालयका पदाधिकारी र विद्यार्थी नेताहरूबीच भएको वार्तामा समझदारी जुटेपछि ताला खोलिएको हो । विद्यार्थी नेताहरूले विद्यार्थीका माग पूरा हुने आवश्वसनपछि ताला खोलेको बताएका छन् ।

समझदारीको रुपमा क्याम्पसले लिने विद्यार्थी शूल्कमा एकरुपता ल्याउन त्रिवि कार्यकारी परिषदद्वारा अध्ययन समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा शूल्कको सिलिङ निर्धारण गरेर एकरुपता कायम गर्न डिनको कार्यालय सहमत भएको छ ।

यस्तै विद्याथीहरूले उठाएका अन्य मागमा त्रिविलाई नियमअनुसार बुझाउनु पर्ने शूल्क (रजिष्ट्रेशन, सेवा र परीक्षा शूल्क) बाहेक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीबाट सम्बन्धित क्याम्पसले ५ प्रतिशत बढी शूल्क लिन नपाउने, सिम्याट परीक्षा प्रकाशन भएपछि त्रिवि आवद्ध क्याम्पसहरूले भर्ना संख्याको १० प्रतिशत छात्रवृत्ति छुट्टाउनुपर्ने, अघिल्लो शैक्षिक सत्रमा छात्रवृत्ति भएका विद्यार्थीको शूल्क अध्ययन गर्ने तथा नियमित अनुगमन गर्ने समझदारी भएको छ ।

प्रकाशित : माघ १५, २०७८ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?