कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राकृतिक विपद्‍बाट नागरिकको मृत्यु नहोस् : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्का कारण कुनै नागरिकको मृत्यु नहोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

प्राकृतिक विपद्‍बाट नागरिकको मृत्यु नहोस् : गृहमन्त्री खाँण

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकमा गृहमन्त्री खाँणले शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निर्देशन पठाइएको जानकारी दिए ।

‘प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने विषयमा सरकार संवेदशील छ,’ मन्त्री खाँणले भनेका छन्, ‘शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै हामीले सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निश्चित रकम पठाएका थियौं । शितलहर चलेका स्थानमा तराईका जिल्ला र हिमपात भएका हिमाली जिल्लाले त्यो रकमबाट केही खर्च गरेको जानकारी गराएका छन् ।’

गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्ने भन्दै त्यो विषयमा आफूहरू सतर्कताका साथ काम गरिरहेको बताए । उनले भौतिक पूर्वाधार बनाउँदा सुरक्षित र दिगो हुन्छ कि हुँदैन भन्ने विषयमा पनि निर्माणअघि नै बहस गर्नुपर्ने बताएका थिए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शंकर बैरागीसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।

प्रकाशित : माघ १४, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?